२ जेष्ठ २०८१, बुधबार

अन्त:शुल्क स्टिकर अभावमा जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले बल्ल लगायो ठेक्का

mudran

अदालतमा मुद्दामामिला झेलेको अवस्थामा मदिरा तथा चुरोटमा टाँसिने अन्त:शुल्क स्टिकर नै अभाव भएपछि अर्थ मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रलाई स्टिकर छाप्न आग्रह गरेको थियो ।

गत वर्ष पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माले पनौतीस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रेसको निरिक्षण गर्दै यस्तो आग्रह गरेका थिए । 

यता आन्तरिक राजस्व विभागले स्टिकर छपाइको ठेक्का मद्रास सेक्युरिटी प्रिन्टिङलाई दिएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अहिले मद्रास सेक्युरिटीले मुद्दा जितेर ठेक्का पाइसकेको छ । 

अन्त:शुल्क स्टिकरको छपाइमा सुरक्षण मुद्रण केन्द्रले बल्ल ठेक्का लगाएको छ । यसअघि आन्तरिक राजस्व विभागले झन्डै एक अर्बको ठेक्का लगाइसकेको छ।

केन्द्रले ३८ करोड ६७ लाख रुपैयाँमा प्रिन्ट सेल प्रालीलाई स्टिकर छपाइ र वितरणको ठेक्का दिएको हो ।

    सम्बन्धित समाचार...