२३ बैशाख २०८१, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुँग्यायो (सूचिसहित)

RSP Party

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम टुँगो लगाएको छ। आज (शनिबार) बसेको पार्टीको बैठकले १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

समावेशिताको आधारमा चयन गरिएको नाममा दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठ, खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस भएको छ ।

यस्तै, मधेसी समुदायबाट रश्मि तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् । त्यस्तै, मुस्लिम समुदायबाट अषिम साहको नाम सिफारिस भएको छ ।