१५ चैत्र २०८०, बिहीबार

गरीबी हटाउन तान्त्रिकको सल्लाहमा आमाबुवाले दिए छोरीको बलि

death representative image

भारतको तमिलनाडुस्थित त्रिची पुडुकोट्टई जिल्लामा मानव बलिको पीडादायी घटना भएको छ ।

१३ वर्षकी एक किशोरीलाई उनकै पिताले तान्त्रिकको सल्लाहबमोजिम बलि दिएर मारेका छन् ।

प्रहरीका अनुसार, पनीरसेलवम नामक व्यक्तिको पहिलो पत्नी इन्दिराबाट चार सन्तान र अर्की पत्नी मूकईबाट दुई सन्तान थिए । विद्या सबभन्दा कान्छी छोरी थिइन् ।

मे १९ मा विद्या पानी लिन गएपछि घर फर्किनन् त्यपछि उनलाई परिवारका सदस्यले खोज्न थाले । पछि उनी घरैनजिक गम्भीर चोटपटक लागेको अवस्थामा फेला परिन् । उनलाई तंजाभुर मेडिकल कलेजमा भर्ना गरियो । उपचारका क्रममा विद्याको मृत्यु भयो ।

एसपी पीभी अरुण शक्ति कुमारका अनुसार, पनीरसेलवम र मूकईले आर्थिक समस्या कसरी समाधान गर्ने भनी सल्लाह गरे । मूकईले पतिलाई एक तान्त्रिकसँग भेट्न लगाइन् । तान्त्रिकलाई गरीबी कसरी हटाउने भनी सोध्दा: तान्त्रिकले उनलाईए क छोरीको बलि दिएमा काम बन्ने बताएका थिए ।

त्यसपछि पनीरसेवेलम र मूकईले छोरी विद्यालाई मारे ।

मूकईको मृत्यु गत शनिवार भइसकेको छ भने पनीरसेलवमले प्रहरीको कडा सोधपुछपछि अपराध सकारेका छन् । तान्त्रिकले भनेपछि विद्यालाई मारेको उनले प्रहरीलाई बताए ।

प्रहरीले पनीरसेलवमलाई हिरासतमा राखेको छ भने तान्त्रिक र हत्यामा संलग्न अन्य दुई मानिसको खोजी गरिरहेको छ । एजेन्सी