११ बैशाख २०८१, मंगलवार

काठमाडौं मेडिकल कलेज सिनामंगलको सवै सेवा बन्द

kmc sinamangal

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अर्को सुचना नभएसम्म को लागि बन्द गरिएको जनाएको छ ।

दुई चिकित्सक र दुई बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले सबै सेवा बन्द गरेकाे हाे। ठूला अस्पताल यसरी धमाधम बन्द हुन थालेपछि बिरामीहरुले उपचार पाउन मुश्किल हुँदै गएको छ।

‘काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा उपचारार्थ आएका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टीले हाललाई यस अस्पतालबाट प्रवाहरत आकास्मिक लगायतका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकाले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउँछौं,’ अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले जारी गरेको सूचनामा भनिएको छ।