४ बैशाख २०८१, मंगलवार

चौतर्फी आलोचनापछि सरकारले कर बुझाउने म्याद थप्यो

Rajashwa Bibagh

चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएको हो ।

यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

सरकाले कोरोनाका त्रासकै बीच कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

Inland Revenue Department