१६ चैत्र २०८०, शुक्रबार

नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्छ : शेखर कोइराला

sekhar koirala
फाइल फोटो

कांग्रेस नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् । 

विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा  पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् । 

कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

गठबन्धन दलले कांग्रेस नेतृत्वमा संयुक्त सरकार बनाउने बताएका उनले उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए । 

कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो बढेको छ । सभापति शेरबहादुर देउवा, गगनकुमार थापासहितका नेता दलको नेता बन्ने दौडमा देखिन्छन् । तर, कोइरालाले भने पार्टीभित्र छलफल गरेर टुंगोमा पुगिने बताए ।