१६ चैत्र २०८०, शुक्रबार

राजनीतिक भेटघाटलाई तीव्र दिए सिके राउतले, प्रचण्डलाई पनि भेटे

newskarkahna news413610

जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा. सिके राउतले राजनीतिक भेटघाटलाई तीव्र दिएका छन् ।

राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । आज नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । 

यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेका थिए । सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ ।