२१ बैशाख २०८१, शुक्रबार

झिनो मतान्तरले सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

Sunsari 4 1

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की झिनो मतान्तरले विजयी भएका हुन् ।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । दुईजनाबीचको मतान्तर ११२ रहेको छ ।

भोजपुरबाट लगातार ३ पटक चुनाव हारेपछि सुनसरी झरेका कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराएका थिए ।

७४ मा कार्कीको ३२हजार ३४७ मत आउँदा प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए ।

    सम्बन्धित समाचार...