१५ बैशाख २०८१, शनिबार

संख्या बढायो कांग्रेसले बाग्मती प्रदेशमा, नुवाकोट १ (ख) बाट महत विजयी

ramesh kumar mahat

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय भएका हुन् ।

निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित भएका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याएका छन् ।