६ जेष्ठ २०८१, आईतवार

सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले चौथो

Sudurpashchim Pradesh

सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुदाँ नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो । 

सो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चाैथाे स्थानमा छ ।

तीन सिट मात्रै जितेर चौथो स्थानमा रहेको एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ । एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

सुदूपश्चिममा कांग्रेस पहिलो दल भएपनि उसको एक्लै बहुमत भने पुुग्ने छैन । ३३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्दछ । त्यस अवस्थामा सरकार गठन गर्न अहिलेकै गठबन्धन वा अन्य कुनै दलको सहयोगमा मात्रै कांग्रेसले सरकार गठन गर्न सक्नेछ । यस प्रदेशमा माओवादी केन्द्र नेतृत्वमा सरकार बन्न सक्ने चुनावको सुरुदेखि नै चर्चा छ ।

कांग्रेस र माओवादी केन्द्र मिल्दा दुुई दलको पनि बहुमत पुुग्न सक्नेछ । तर यी दुुई दलले एक अर्कालाई बाहिर राखेर सरकार गठन गर्न सबै सबै दललाई साथ लिनु पर्ने हुन्छ । समानुपातिकबाट उनीहरुले कति सिट ल्याउछन् भन्नेमा पनि केही भर पर्नेछ ।