१८ बैशाख २०८१, मंगलवार

२०५१ पछाडिका सबै चुनाव हारेका अशोक राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

asok rai
फाइल फोटो

सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई निर्वाचित भएका छन्।

राषट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।

२०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए।

२०५६ र २०६४ मा उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव हारेका राई २०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट एमालेका जय राई सँग भारी मत अन्तरले पराजित भएका थिए। यसपटक एमालेसँगको तालमेलका कारण चुनाव जित्न सफल भएका हुन्। 

निर्वाचित भएपछि राइले समग्र सुनसरी – १ को विकासका निम्ति आफूले भूमिका निर्वाह गर्ने बताए। सुनसरी १(ख) मा एमालेका विजय राई निर्वाचित भएका छन्।  सुनसरी-१ ( क) मा एमालेकै रमेश बस्नेत निर्वाचित भएका छ्न्। 

सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुक्‍सामहाङ्ग सुब्‍बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए।