१४ बैशाख २०८१, शुक्रबार

अनिश्चितकालका लागि सुनसरी-४ मा मतगणना स्थगित

sunsari

सुनसरी-४ मा मतगणना सुनसरी-४ मा प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै क्षेत्रको गणना स्थगित गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो । उक्त क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिशप्रसाद कुसियैत चुनावी मैदानमा छन्। उनीहरुबीच कडा प्रतिस्पर्धा छ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै मतगणना रोकिएको हो ।

गणनाका विषयमा दलहरूबीच विवाद हुँदा गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकरी दिएको छ। दलहरूबीचको विवादले गणना कार्य सहज नभएको कार्यालयको भनाइ  छ। 

कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको छ ।

शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए ।

कार्कीको आरोपपछि निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । तर त्यसमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

गणना रोकिनुअघिकार्यालयले पछिल्लो पटक अद्यावधिक गरेको गणनाको प्रगति विवरण अुनसार कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

sunsari 1669470475

    सम्बन्धित समाचार...