२३ बैशाख २०८१, आईतवार

जीर्ण अवस्थामा पुगेको दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको निधन

DodharaChandani Bridge

कञ्चनपुरमा पुलमा लडेर एक महिलाको निधन भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको निधन भएको हो ।

पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको निधन भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै निधन भएको थियो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए ।

    सम्बन्धित समाचार...