फाइल फोटो
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् ।
विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत पाउँदा विष्णु पौडेलले २७ हजार १४८ मत मत ल्याई विजयी भएका हुन् । यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।
यसैगरी सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२ हजार १० मत र स्वतन्त्र उम्मेदवार १ हजार २९ मत ल्याए ।
रुपन्देही-२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।