११ बैशाख २०८१, मंगलवार

घनश्याम भूसाल पराजित, एमालेका छविलाल विश्वकर्मा निर्वाचित

rupandehi 1 bhusal and bishwokarma

रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो ।