१६ चैत्र २०८०, शुक्रबार

सुन सफा गर्छु भनि ठगी गर्ने भारतिय नागरीक लमजुङबाट पक्राउ

arest

लमजुङ प्रहरीले सुन सफा गर्छु भन्दै सक्कली सुन आफुले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ 

। प्रहरीले सुन सफा गरी तौल कम पारी ठगी गर्ने भारतिय नागरीक बर्ष २४ का बिबेक कुमारलाई बिहीबार जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर.३ खुदीबाट पक्राउ गरेको हो ।

विवेकले मस्र्याङदी गाउँपालिका ३ खूदी स्थित सुनको गरगहना सफा गरी चम्कने बनाईदिन्छु भनी विश्वासमा पारी स्थानिय ३ जना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई बिभिन्न रासायनिक पदार्थको प्रयोगबाट ठगी गरेको उजुरी आएपछि विवेकलाई पक्राउ गरीएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

 पक्राउ परेका भारतिय नागरीक बिबेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट बिहीबारदेखि लागु हुने गरी दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।