१२ बैशाख २०८१, बुधबार

मध्यरातमा भयानक दुर्घटना : भारतबाट फर्केका १२ जनाको निधन

accident banke

बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको निधन भएको छ।

भारतबाट फर्केका यात्रुहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ तर्फ गईरहेको यात्रु बहाक फोर्स नामक मिनि बस दुर्घटना हुँदा १२ को निधन भएको छ । गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जना भेरी अस्पतालमा ज्यान गएको हो ।

आइतबार मध्य राती अगैया नजिकैको राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य १२ जनाको निधन भएको छ भने २२ गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैया भन्ने ठाउँमा ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।

रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गाडी ठोक्किएको थियो। उनका अनुसार १२ जनाको मृत्यु भएको छ। घाइतेलाई भेरी अस्पताल लगिएको छ। 

Durghatna news

दुर्घटनामा परेको गाडीमा भारतबाट आएका ३३ जना नेपाली नागरिक सवार थिए। ११ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा निधन भयो। 

घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ।

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको निधन भएको छ ।

बाँकी सबै घाईतेहरूलाई उक्त दुर्घटनापछी नेपालगञ्जबाट गएका जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती घटनामा परेका घाइते तथा मृर्तकहरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याईपुर्‍याइएको घटना स्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।

acc

उद्धारमा जुटेका प्रहरी भन्छन्– दृष्य शब्दमा बर्णन गर्नै सकिँदैन 

मध्यराति १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा बाँकेको ठुरिया जंगलमा सवारी दुर्घटनाबारे खबर पुग्यो । खबर पुगेपछि प्रहरी घटनास्थल पुग्यो । लकडाउनको समयमा सुरुमा सामान्य दुर्घटना होला भन्ने प्रहरी अनुमान थियो तर घटनास्थल पुग्दा दृश्य विभत्स र भयानक थियो ।

घटनास्थल पुगेको प्रहरीलाई अर्को समस्या थियो– दुर्घटना भएको जंगलमा सहज रुपमा मोवाइल नेटकर्वले काम नगर्नु ।

घटनास्थल पुगेका एक प्रहरी भन्छन्,“त्यो दृश्य शब्दमा वर्णन गर्न निकै कठिन छ । निकै विभत्स, भयानक र कहालीलाग्दो । हामी उद्धार गरिरहेका थियौं । जिल्ला, इप्रका कोहलपुरले उनीहरुलाई अस्पतालसम्म लैजान एम्बुलेन्सलगायत सवारीको व्यवस्था गरिरहेको थियो । हामी उद्धार गरिरह्यौं, घाइतेहरु रोइरहे ।”

प्रहरीका अनुसार चामल लोड गरेको ट्रक बिग्रिएपछि जंगलमा रोकिएको थियो । ट्रकमा सहचालक थिए भने चालक ट्रक मर्मत गर्ने समान लिनका लागि नेपालगञ्ज गएका थिए । ट्रकमा ठोक्किएको गाडी सुर्खेतबाट २ जना भारतीयलाई सीमासम्म छोड्नका लागि आएको खुलेको छ ।

फर्किने क्रममा भारतबाट स्वदेश फर्र्किएका सल्यानबासीलाई लगिरहेको थियो । तर बाटोमै दुर्घटनामा पर्‍यो । कोही घर पुग्नै पाएनन्, कतिपयको अवस्था अझै गम्भीर छ । घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने,“ट्रकसँग ठोक्किएको फोर्स गाडीले ट्रकलाई नै ३० मिटरसम्म पर धकेलेको छ । पुरै कच्याककुचुक भएको छ । यस्तो त फिल्मको दृश्यमा मात्रै देखिन्छ ।”

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीका अनुसार दुर्घटनाका मृतक र घाइते सबैलाई भेरी अस्पताल ल्याइएको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ । कसैको पनि सनाखत हुन सकेको छैन । उद्धार प्रहरीसँगै नेपाली सेनासमेत जुटेको थियो ।

भेरि अस्पतालकाे अपडेट :
भारतबाट फर्केका यात्रुहरूलाई लिएर नेपालगन्जबाट दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना :

चालक समेत गरि ३३ सवारी मध्ये १२ को मृत्यु (११ पुरुष/ १ महिला)

बाँकी (२0 पुरुष/ १ महिला) को भेरी अस्पतालमा उपचार हुँदै । ४ जना गम्भीर।