१२ बैशाख २०८१, बुधबार

भारतका चर्चित संगीतकार वाजिद खानको ४२ वर्षमा निधन, कोरोनाको आशंका

Wajid Khan

भारतका लोकप्रिय संगीतकार वाजिद खानको आइतबार राति निधन भएको छ। गायक सोनु निगमले फेसबुकमा एक पोष्ट गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। वाजिद खानको परिवारले पनि बीबीसीसँग उनको मृत्यु भएको बताएका छन्।

मिडिया रिर्पोटअनुसार उनी कोरोना संक्रमित थिए। परिवारले बिबिसीलाई दिएको जानकारीअनुसार उनी किड्नीको बिरामी भएको र दुई वर्ष पहिला उनको प्रत्यारोपण गरिएको थियो। उनको घाँटीमा इन्फेक्सन भएको थियो।

उनी चेवुरको सुराना अस्पतालमा भर्ना भएका थिए। अहिले नै उनको कोरोना परीक्षण रिर्पोट नआएको बिबिसीले उल्लेख गरेको छ। उनको भर्खरै मात्र भाइ भाइ नामको गित सार्वजनिक भएको थियो। जसमा सलमान खान पनि देखिएका थिए।

उनले साजिद खानसँग मिलेर धेरै संगित सिर्जना गरेका थिए। उनीहरू १९९८मा रिलिज भएको सलमान खानको फिल्म मैने प्यार किया बाट चर्चामा आएका थिए।

उनको परिवारले गराएको जानकारीअनुसार उनको घाँटीमा संक्रमण भएपछि उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो र कोरोना परीक्षणका लागि उनको स्वाब परीक्षणमा पठाइएको थियो। तर रिपोर्ट आउन बाँकी छ।

उनको परिवारले बीबीसीलाई बताएअनुसार वाजिद खान मिर्गाैला रोगले पीडित थिए। २ वर्षअघि मात्र मिर्गाैला प्रत्यारोपण गरिएको थियो।

तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि स्थिती क्रिटिकल भयो । ’

इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।

यस्तै, प्रियंका चोपडाले पनि उनको मृत्युमा ट्वीटरमा टिप्पणी गरेकी छिन्, ‘निकै भयानक समाचार । म सधैं साजिद भाइको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैं हाँसिरहने । निकै छिट्टै बिदा भए । उनको परिवार र शोकमा भएका सबैप्रति मेरो समवेदना ।’

यस्तै, वाजिदका वाल्यकालका साथी रणवीर शौरीले लेखे, ‘मेरो वाल्यकालका साथीको यस्तो खबर सुनेर दुःखी छु । वाजिदले कोभिड–१९ सामू घुँडा टेको । म शोकमा छु । वाजिद, मेरो भाइ तिमी र तिम्रा परिवारका लागि अँगालोभरीको माया पठाइरहेको छु । यो अत्यधिक दुःखद हो ।’

वाजिद खानका सबैभन्दा ताजा गीत भाइ–भाइ एक हप्ता अघि रिलिज भएको थियो । यो सलमान खानले गाएका थिए ।

वाजिद खान आफ्ना भाइ साजिद खानसँग मिलेर संगीत बनाउँथे र सबैभन्दा पहिले सन् १९९८ मा सलमान खानद्वारा अभिनित फिल्म ‘मेने प्यार किया’ बाट चर्चामा आएका थिए ।