२० बैशाख २०८१, बिहीबार

हरिप्रभा खड्गी विजयी काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा १ बाट

Hari Prbha Khadgi

काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी निर्वाचित भएकी छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।

यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्राप्त गरे ।

विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार सात सय १५ मत खसेको थियो ।