२२ बैशाख २०८१, शनिबार

आफूलाई मतहाल्न पाएनन् गृहमन्त्री खाणले

newskarkahna news403650

गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई मत हाल्न पाएनन् । रुपन्देही क्षेत्र नम्बर ३ का पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खाणको मताधिकार क्षेत्र नम्बर १ मा रहेकोले आफ्नाे उम्मेदवारी रहेकाे क्षेत्रमा मतदान गर्न नपाएका हुन् । 

आइतबार जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फको उम्मेदवार रहेका खाण क्षेत्र नम्बर १ को मणिग्रामस्थित मतदान केन्द्रबाट ३ बजे मतदान गरेका हुन् ।तिलोत्तमा नगरपलिका–८, ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

 उनका प्रतिस्पर्धीको रुपमा रहेका तीन दलीय तालमेल राप्रपाबाट क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहराले बिहान साढे ७ बजे सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालामा मतदान गरेका हुन् ।

newskarkahna news403651