१५ बैशाख २०८१, शनिबार

चर्चित उम्मेदवारद्धय प्रकाशमान र रविन्द्रबीच मतदान केन्द्रमा भेटजम्काभेट : दुवैले भने ५ वर्षपछि भेटौँला

ranindra

काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ । 

प्रकाशमान सिंह: मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।

रवीन्द्र मिश्र: अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं-‌१ का मतदातालाई अब म चाहिएको छ।

दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका थिए ।