३ जेष्ठ २०८१, बिहीबार

तरुणदल अध्यक्ष गुरुङ भन्छन्- एमाले भन्ने पार्टी केपी ओली प्रालिमा परिणत भैसक्यो

newskarkahna news399570

नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै एमाके पार्टी केपी ओली प्रालिमा परिणत भैसकेको आरोप लगाए ।

अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बिहरगमित हुनपुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत लगाएका छन् ।

पटक-पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।