२७ बैशाख २०८१, बिहीबार

धादिङमा जीप दुर्घटनामा परी अर्यालको निधन

accident

धादिङमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय उत्तम अर्यालको निधन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

    सम्बन्धित समाचार...