२४ बैशाख २०८१, सोमबार

नेपाली क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेलले पाए

rohit

नेपाली क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेलले पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त गरेको हो । यसअघि उनी उपकप्तान रहेका थिए । तत्कालिन कप्तान सन्दिप लामिछानेमाथी नाबालिग बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारामा छन् ।

रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी२० खेलमा डेब्यु गरेका थिए ।

उनले नेपालबाट १९ एक दिवसीय खेलमा सात सय पाँच रन बनाएका छन् भने १६ ट्वान्टी२० खेलमा दुई सय २० रन जोडेका छन् ।

रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृंखला खेल्नेछ ।

    सम्बन्धित समाचार...