१२ बैशाख २०८१, बुधबार

र्‍याप गीत सार्वजनिक गर्न एलओडी पुगेका ओली

314401254 10162391498841754 3676716335348398133 n

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स(एलओडी) पुगेका छन् । चुनाव नजिकिँदै गर्दा उनी नेकपा एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न शुक्रबार राति अचानक एलओडी पुगेका हुन् ।

अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन् ।

केही सहयोगीसहित मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब पुगेका ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर-सहरमा ओली’ सार्वजनिक गरेका छन्। उक्त र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक भईसकेको छ ।

‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।

पहिलेपहिले प्रायजसो लोकदोहोरी गीतमा चुनावी प्रचारप्रसार हुने गरे पनि पछिल्लो पटक भने दलहरूले युवाहरूमाझ लोकप्रिय रहेका विधामा पनि गीतहरू बनाउन थालेका छन् । शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एल‌ओडी पुगेको जानकारी गराउदै युवाहरूलाई मन पर्ने नयॉ ऱ्याप गीत सार्वजनिक गरेको जनाएका छन् ।

314951601 10162391498871754 5527105476014501273 n 1
314623743 10162391498876754 5655602705843287523 n 1