१४ बैशाख २०८१, शुक्रबार

खोटाङमा हाब्रेकाे तस्बिर र भिडियाे खिचेर ल्याउनेलाई नगद पुरस्कार प्रदान

red panda scaled

खोटाङको केपीलासगढी गाउँपालिका १ फेदीमा हाब्रे (रेडपाण्डा) को तस्बिर र भिडियो खिचेर ल्याउने युवकलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

फेदीका विभिन्न सामुदायिक वनमा रेडपाण्डाको बसोबास रहेको प्रमाणका लागि रेडपाण्डाको तस्बिर र भिडियो खिचेर ल्याउने स्थानीय पञ्चकेशर राईलाई वडा कार्यालयले नगद पुरस्कार प्रदान गरेको हो ।

सामुदायिक वनमा रेडपाण्डा रहेको चर्चा मात्र चल्ने गरेकोमा त्यसको प्रमाणको लागि वार्षिक कार्यक्रम अन्तर्गत तस्बिर र भिडियो ल्याउने राईलाई नगद सात हजार पाँच सय प्रदान गरिएको वडा सचिव ध्रुबराज राईले बताउनुभयो ।

राईले स्थानीय छिमालुङ सामुदायिक वनमा फेला परेको रेडपाण्डाको तस्बिर र भिडियो खिचेर वडा कार्यालयलाई बुझाएका थिए ।

सामुदायिक वनमा रेडपाण्डा बसेको प्रमाणका लागि वडा कार्यालयले पहिलो पटक तस्बिर र भिडियो ल्याउनेलाई साढे सात हजार, दोस्रो पटक तस्बिर र भिडियो ल्याउनेलाई पाँच हजार र तेस्रो पटक तस्बिर र भिडियो ल्याउनेलाई तीन हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

red panda bamboo