२१ बैशाख २०८२, आईतवार

संसदीय दलको नेतृत्व परिवर्तन हुन्छ आगामी निर्वाचनपछि : गगन थापा

Gagan Thapa

कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनपछि देशको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

काभ्रे–काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा उहाँले निर्वाचनपछि अधिकांश दलमा संसदीय दलको नेता पुरानै रहने तर आफू निर्वाचित भए कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने दाबी गर्नुभयो । ‘

त्यसका लागि काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गर्नुभयो ।

राजनीतिक नेतृत्वको बदलाव लिन धेरै ठूला परिवर्तन भए । तर राजनीतिक यर्थाथता यो छ कि यो पटक निर्वाचन पछाडि कुनै पनि राजनीतिक दलको संसदीय दलको चुनाव हुनेवाला छैन् । यदि काठमाडौं ४ बाट जिताएर नपठाए कांग्रेसमा पनि दलको नेताको लागि निर्वाचन हुँदैन, थापाको भनाइ थियो ।

उहाँले देशमा ठूलो परिवर्तन चाहिएको र यो परिवर्तन राजनीतिक परिवर्तनविना असम्भव रहेको बताउनुभयो । ‘त्यो प्रतिस्पर्धा राजनीतिक दलको महाधिवेशन या संसदीय दलको नेतामा हुनुपर्छ । त्यसका लागि त लडाई लड्ने मान्छे पहिला चाहियो । मेरो प्रस्तावक झापाबाट जितेर आउनु पर्छ। उम्मेदवार बन्ने मान्छे पनि जितेर जानुपर्छ तब लडाई होला । यहाँ सिधैँ प्रधानमन्त्री हुने होइन संसदीय प्रकृयामा छ । पहिला सांसद्मा जितेर जानुपर्छ,’ थापाले बताउनुभयो ।

केन्द्रीय सदस्य तथा कांग्रेस बागमती प्रदेश निर्वाचन परिचालन समिति संयोजक मधु आचार्यले थापाको नेतृत्वमा मुलुक परिवर्तन सम्भव रहेको जिकिर गर्नुभयो ।