२२ बैशाख २०८१, शनिबार

प्रचारप्रसारको क्रममा मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै पुगेर किसानसँगै धान झार्दै भोट माग्दै

jagnath1667916084

उदयपुरको निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगनाथ खतिवडा किसानको खेतबारीमा धान झार्दै भोट मागि हिँडेका छन् । आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारको क्रममा मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै पुगेर किसानसँगै धान झार्दै भोट माग्ने गरेको भेटिन्छ ।

उम्मेदवारले किसानलाई काम सघाउँदै भोट माग्नु कुनै नौलो होइन, जनताकै छोरो भएकाले धान झार्न सघाउन भोट माग्दैछ । खतिवडाले  कटारी नगरपालिका-१२ मा निर्वाचन प्रचारप्रसारको लागि किसानको खेतमा धान झार्न किसानलाई सघाएका थिए ।

आफू पनि किसानकै छोरो भएकाले किसानसँगै काम गर्न अल्छीपन नआउने उम्मेदवार खतिवडा बताउँछन् । उनले भने, ‘मैले जनता भेटेको बेला समयले दिएको मौकामा सहयोग गरेका हुँ । कटारी नगरपालिका-१२ मात्रमा होइन अन्य ठाउँमा पुग्दा काम सघाउने गरेको छु ।’

उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्र एक चरणको निर्वाचन प्रचार प्रसार सकेको बताउँदै उनले थप्दै भने, ‘प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा एक चरणको चुनाब प्रचारप्रसार सकिएको छ ।’ निर्वाचिनको मिति नजिएसँगै उदयपुरमा राजनीतिक दलले प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

    सम्बन्धित समाचार...