१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘राम सेतु’मा भगवान गौतम बुद्ध भारतको !

ramsetu akshya

सरकारले भगवान गौतम बुद्धको जन्मभूमिको विषयलाई लिएर पछिल्लो पटक भारतीय पक्षबाट आएको भनाइको प्रतिवाद गर्दै विश्व नै जानकार रहेको विषयमा विवाद नझिक्न सचेत गराएको छ ।

भगवान गौतम बुद्धको जन्मभूमि बारे राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै कुनै विवाद र बहसको विषय नभएको पनि बताएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान भारतीय’ भनेसँगै परराष्ट्र मन्त्रालयले ०९ अगस्ट २०२० मा एक विज्ञप्ती जारी गरि औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै प्रष्ट पारेको हो ।

परराष्ट्र मन्त्रालयले भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका ऐतिहासिक र पूरातात्विक प्रमाणहरुबाट पूर्णरुपमा स्थापित र अकाट्य तथ्य भएको उल्लेख गरेको छ । त्यस्तै, भगवान बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदा स्थल समेत रहेको जनाएको छ ।

त्यसो त, २०१४ मा नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताएका थिए । नेपालबाटै विश्वका अन्य भूभागहरुमा बुद्ध धर्मको फैलावट भएको र सिंगो विश्व समुदाय नै यस विषयमा जानकार रहेको पनि परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उनले बताएका छन् । यो तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेका छन् ।

सानो देश होस् अथवा ठूलो, धर्मको विषयलाई लिएर खेलाँची गरेको परराष्ट्र नीतिमा राम्रो मानिँदैन किनभने त्यसले पछिसम्म द्विपक्षीय सम्बन्धमा असर पार्छ। भारतबाट बेला बखतमा अज्ञानतावश वा दुष्ट कुटिल नियत राखेर यस विषयमा गलत प्रचार गरिदिनाले नेपाली मनमा अप्रसन्नता, क्रोध र रोष उत्पन्न हुनु स्वाभाविक हो । भारतमा करोडौं मानिसले हेर्ने अमिताभ बच्चन सञ्चालित ‘कौन बनेका करोडपति’ मा यो प्रसंगको स्वीकारोक्ति वा कैयौं औपचारिक कार्यक्रममा भारतीय राजदूतहरूले समेत यस विषयमा स्पष्टीकरण दिइसकेका छन् ।

अभिषेक शर्माले निर्देशन गरेको यो फिल्म अक्टोबर २५ देखि प्रदर्शन भइरहेको छ। फिल्ममा भगवान बुद्धको बारेमा एउटा सम्बाद सार्वजनिक भएको छ, जुन विवादस्पद छ ? अक्षयले भनेका छन्, भगवान बुद्ध भारतको मात्र नभई पुरै विश्व समुदायको भइसके’ । अक्षय कुमारको विवादस्पद संवादका कारण सामजिक संजालामा “रामसेतु” बहिष्कारको आवाज पनि उठेको छ ।

यो फिल्म भारतमा प्रदर्शन भएपनि नेपालमा सेन्सरको अनुमति नपाउँदा ‘राम सेतु’ रोकिएको छ । तिहारमा रिलिज भएर पनि वितरक डीसीएनले एक साता अगाडि नै कागजपत्र पेश गर्न नसक्दा फिल्मको रिलिज रोकिएको हो ।