
अमेरिकाको मिनियापोलिस शहरमा एक अश्वेत नागरिकको पुलिस हिरासतमा निधन भएपछी दोस्रो रात पनि पुलिस र प्रदर्शनकारीहरूबीच झडप भएको छ।
प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन पुलिसले अश्रु ग्यास प्रहार गरेको थियो भने प्रदशनकारिहरुले ढुङ्गा प्रयोग गरेका थिए । प्रदशनकारिहरुले सडकमा भित्ताचित्र बनाएका थिए भने प्रदर्शनका क्रममा लुटपाटका घटना पनि भएका छन ।
प्रदर्शनका क्रममा प्रदर्शनकारिहरुले पुलिस स्टेसन मा आगलागी गरेका थिए।
४६ वर्षिय जर्ज फ्लोयडलाई प्रहरिले नियन्त्रणमालिने क्रममा उनको घाँटी माथी टेकेका थिए जसले गर्द उनलाई श्वास लिन गार्हो भएको थियो र प्राण त्यगेका थिए । यि सबै घट्ना प्रतक्ष्यदर्शिले मोबाइलमा रेकर्ड गरेका थिए ।
फ्लोयडललाई नियन्त्रण मा लिँदा उनि निहत्था थिए र श्वास फेर्न गार्हो भयो भनेर चिच्याउदै थिए । भिडियोमा उनि पानी मागिरहेको सुन्न सकिन्छ
यही विषयलाई लिएर शिकागो, इलिनोइस, लस एन्जलस, क्यालिफोर्निया र मेम्फिस, टेनेसीमा पनि विरोध प्रदर्शन भएको छ।
जर्ज फ्लोयडको मृत्यु पछी भड्किएको प्रदर्शन स्थिती नियन्त्रण बाहिर जान थाले पछी मिनेसोटा नेश्नल गार्डलाई परिचालन गरिएको छ ।
घटनाक्रम कसरी शुरु भयो ?
मंगलबार दिउँसो सयौंको संख्यामा प्रदर्शनकारिहरु घटनास्थलमा जम्मा भएका थिए । प्रदर्शनकारीहरूले “म सास फेर्न सक्दिन” र “यो म हुन सक्थें” भन्ने नारा लगाएका थिए भने आयोजकहरूले उक्त विरोधलाई शान्तिमय बनाउने र कोरोनाभाइरस को कारण सामाजिक दूरी कायम राख्न कोशिस गरेका थिए ।
बुधबार प्रदर्शनको दोस्रो रातमा हजारौंको संख्यामा भीड बढेको छ र प्रदर्शनकारीहरूले ढुँगा प्रहार गरेका छन र केहीले पुलिसमाथी अश्रु ग्यासको बट्टाहरु फ्याँकेका छन्।