२५ बैशाख २०८१, मंगलवार

शनिबार सार्वजनिक गरिने काँग्रेसको सङ्कल्प पत्र

nepali congress

नेपाली काँग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ ।

सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १०:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।