११ बैशाख २०८१, मंगलवार

निकै जटिल बन्दै स्तन क्यान्सर पछिल्लो समयमा

breast cancer

क्यान्सर जटिल रोग हो । सबै उमेर समूहका मानिसमा यसको जोखिम छ । यो शरीरका जुनसुकै अंगमा पनि हुन सक्छ । तर महिलामा बढी हुने स्तन क्यान्सर पछिल्लो समयमा निकै जटिल समस्याका रूपमा देखा परेको छ ।

चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वार्षिक करिब ७ हजार जना क्यान्सरका बिरामी थपिने गरेका छन् । ती मध्ये ११ प्रतिशत स्तन क्यान्सरका हुन् । यसै गरी भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षमा ३ सय २२ जना स्तन क्यान्सरका बिरामी थपिएका छन् । जबकि अघिल्लो वर्ष साढे २ सयको हाराहारीमा यस्ता बिरामी थपिएका थिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा जनसङ्ख्याका आधारमा देशमा ९ वटा जिल्लामा क्यान्सरसम्बन्धी अध्ययन गरेको थियो । त्यसमा काठमाडौँ, ललितपुर र भक्तपुरका महिलामा सबैभन्दा बढी स्तन क्यान्सर देखिएको छ । यसै गरी सिराहा, सप्तरी, धनुषा र महोत्तरी पनि महिलामा स्तन क्यान्सर पहिलो नम्बरमा देखिएको छ ।

रुकुम पूर्व र पश्चिममा महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर दोस्रो दोस्रो नम्बरमा देखिएको छ । ३५ देखि ६० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने चिकित्सक बताउँछन् ।

त्यसो त स्तन क्यान्सर हुनेमध्ये करिब एक प्रतिशत पुरुष छन् । असन्तुलित खानपानसँगै शिशुलाई स्तनपान नगराउँदा, वंशाणुगतलगायतका कारण स्तन क्यान्सरको जोखिम बढी हुन्छ । समयमै पहिचान गरी उचित उपचार गर्न सके स्तन क्यान्सर निको पार्न सकिने सम्भावना बढी हुन्छ ।

    सम्बन्धित समाचार...