६ बैशाख २०८१, बिहीबार

दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यू कायमै महोत्तरीको भंगहामा

Himsa Mahottari2022 10 27 04 21 111

महोत्तरीको भंगहा नगरपालिका–८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यू कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै राखिएको हो  । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन ।

कफ्र्यु आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत हिजो अपरान्ह देखी कफ्यु आदेश दिईएको थियो । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ‌।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरु पत्थरबाजी गरेपछि झडप सुरु भएको महोत्तरी प्रहरीले जनाएको छ ‌। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायरसमेत गर्नुपरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले बिहिवार अपरान्ह देखी कर्फ्यू आदेश जारी गरेको हो ।