१६ चैत्र २०८०, शुक्रबार

अनमोलको भाइटिका कोसँग ?

anmol kc vai tika

नेपाली चलचित्र क्षेत्रका सफल नायक अनमोल केसीले तिहारको अन्तिम दिन भाइटिका लगाएका छन् । उनले, आफ्नो काकाकी छोरीसँग भाइटिका लगाएका हुन् ।

उनले बहिनी प्रान्सु केसीसँग सिनामंगलमा भाइटिका लगाएका छन् । अनमोलको भाइटिकाका क्रममा ठूलो परिवार जम्मा हुने गर्दथ्यो । तर, यसपटक उनका पिता भूवन केसी अमेरिकामा छन् । यस्तै, दिदी काजोल पनि अमेरिकाबाट नआएका कारण अनमोलले प्रान्सुसँग मात्र टिका लगाएका हुन् ।

अनमोलले अर्की बहिनी रुबीसँग पनि भाइटिका लगाउँदै आएका थिए । तर, रुवी पनि अष्ट्रेलिया भएका कारण यसपटक अनमोलको भाइटिकामा ठूलो चहलपहल भएन । कामको कुरा गर्नुपर्दा अनमोल चलचित्र ‘छड्के २’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन सकिए लगतै उनले अर्को चलचित्र ‘जेरी २’मा काम गर्नेछन् ।