१४ बैशाख २०८१, शुक्रबार

यस सिजन च्याम्पियन्स लिगको यात्रा समूह चरणमा सीमित एट्लेटिको

16668207163860

ला लिगाक्लब एट्लेटिको मड्रिडको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समूह चरणमा सीमित भएको छ ।

बुधबार राति सम्पन्न समूह चरणको पाँचौ खेलमा एट्लेटिको बायर लिभरकुसनसँग २-२ को बराबरीमा रोकियो ।

समूह बी बाट समूह चरण पार गर्ने सम्भावना जीवित राख्न एट्लेटिको मड्रिडलाई बायर लिभरकुसनविरुद्ध जित्नै पर्ने दबाब थियो ।

नवौं मिनेटमा मौसा डियावेले गरेको गोलमा बायर लिभरकुशनले अग्रता लिएको थियो । २२औं मिनेटमा कारास्कोले एट्लेटिकोलाई खेलमा फर्काएका थिए ।

२९औं मिनेटमा कालुम हडसन ओडोईले पुनः बायर लिभरकुशनलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा रोड्रिडो डी पाउलले एट्लेटिकोलाई खेलमा फर्काएका थिए ।

इन्जुरी समयको नवौं मिनेटमा यानिक कारास्कोले अन्तिम मिनेटमा प्राप्त पेनाल्टीको अवसर गुमाएका थिए । उनको प्रहार लुकास हार्डेकीले विफल पारेका थिए ।

पाँच खेलमा १० अंक जोडेको क्लब ब्रुज समूह बी को शीर्ष स्थानमा छ । समान खेलमा नौ अंक जोडेको एफसी पोर्टो दोस्रो स्थानमा छ । यस समूहबाटै क्लब ब्रुजसँगै एफसी पोर्टो अन्तिम १६ मा प्रवेश गरेको छ ।

तेस्रो स्थानको एट्लेटिकोको भने पाँच खेलमा पाँच र चौथो स्थानको बायर लिभरकुसनको समान खेलमा चार अंक छ ।

समूह बी को अर्को खेलमा एफसी पोर्टोले अन्तिम १६ को टिकट काट्ने क्रममा क्लब ब्रुजलाई ४-० ले निराश पार्यो ।