१२ बैशाख २०८१, बुधबार

फास्ट ट्रयाक ३ वर्षभित्र सम्पन्न गरिने, तीनकुने–कोटेश्वर–जडिबुटी खण्डमा फ्लाइ ओभर तथा सुरुङमार्ग निर्माण

yubaraj khatiwada

सरकारले काठमाडौं-निजगढ सडक ३ वर्षभित्र सम्पन्न गरिने जनाएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं निजगढ (फास्ट ट्रयाक) ३ वर्षभित्र सम्पन्न गर्न ८ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको घोषणा गरेका हुन्।

तीनकुने–कोटेश्वर–जडिबुटी खण्डमा फ्लाइ ओभर तथा सुरुङमार्ग निर्माण

काठमाडौको तिनकुने, कोटेश्वरदेखि जडिबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाइ ओभर तथा सुरुङमार्ग निर्माण प्रारम्भ गरिने भएको छ । 

नयाँ बानेश्वरमा अण्डर पास निर्माण गरिने भएको छ भने त्रिपुरेश्वरदेखि माइतीघरसम्म यातायात व्यवस्थापनको लागि उपयुक्त विकल्प पहिचान गरी निर्माण थालिने  भएको छ । 

यसको लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थ मन्त्री डा. युवराज खतिवडाले बताए ।