१९ बैशाख २०८१, बुधबार

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सातै प्रदेशमा निर्वाचनलाई लक्षित गरी प्रदेशस्तरीय सुरक्षा बैठक

ministar home

संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कदम चालेको छ ।

४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार चुनावमा सातै प्रदेशको सुरक्षा अवस्था बुझन् तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको हो । सोहीअनुसार आज आइतबार बागमती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठक बस्दै छ । 
बाँकी ६ वटा प्रदेशमा भने तिहार लगत्तै बैठक आयोजना हुने गृहले जनाएको छ ।

गृहमन्त्रीको प्रमुख आतिथ्ययतामा तथा गृह सचिवको अध्यक्षता रहने प्रदेशस्तरीय सुरक्षा बैठकमा  प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री, केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीन वटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी र प्रदेश सचिवको उपस्थिति रहनेछ ।