१६ चैत्र २०८०, शुक्रबार

विद्युत् उत्पादन नगर्नेको लाइसेन्स खारेज गरिने, काठमाडौंसहित चार जिल्लामा विद्युतीय तार भूमिगत बनाइने

underground cable electric

विद्युत् आयोजनाको लाइसेन्स लिएर पनि उत्पादन गर्नेहरुको लाइसेन्स खारेज गरिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । उनले आगामी वर्ष विद्युत् प्राधिकरणको संगठनात्मक परिमार्जन गरिने पनि बताए । नेपालको पानी जनताको लगानी अभियानलाई जारी राख्‍ने भन्दै आगामी दुई वर्षभित्र उज्यालो नेपाल अभियान सम्पन्‍न गरिने बताए ।

उनले आगामी दुई वर्षभित्र आधुनिक ऊर्जाको प्रयोग पुर्‍याइने भन्दै ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब र वैकल्पिक ऊर्जा कार्यक्रमका लागि ४ अर्ब १३ करोड विनियोजन गरिएको बताए ।

काठमाडौंसहित चार जिल्लामा विद्युतीय तार भूमिगत बनाइने 

सरकारले काठमाडौंसहित चार जिल्लामा विद्युतीय तारलाई भूमिगत बनाउने घोषणा गरेको छ ।

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले काठमाडौंसहित चार जिल्लामा विद्युतीय तारलाई भूमिगत बनाउने बताइका हुन् ।

उनका अनुसार काठमाडौंसहित ललितपुर, भक्तपुर र चितवनमा विद्युतीय तारलाई भूमिगत बनाइने छ । यसअघि काठमाडौंको केही स्थानमा विद्युतीय तारलाई भूमिगत गरिएको थियो ।