७ बैशाख २०८१, शुक्रबार

साउनबाटै काठमाडौंमा मेलम्चीको पानी वितरण थालिने

Melamchi Tunnel

चालू आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न गरिने भएको छ । 

साउनबाटै काठमाडौंमा मेलम्ची वितवरण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै खतिवडाले आयोजना निर्माणको काम सम्पन्न हुन लागेको बताएका हुन्।

आगामी आर्थिक वर्षमा देशभर ९४ प्रतिशत जनसंख्यामा खानेपानीको पहुच पुर्‍याउने उनले बताए।

आगामी आवमा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको व्यवस्था मिलाउन बजेटको व्यवस्था गरिएको छ ।

खानेपानी मन्त्रालयको लागि ४३ अर्ब १० करोड बजेट विनियोजन गरेको उनले बताए।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आबका लागि बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । 

मेलम्ची दोस्राेका लागि ५ अर्ब ४६ करोड

सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्राे चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातबाटै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको बताए ।

उनले काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड विनियोजन गरेको बताए ।