५ जेष्ठ २०८१, शनिबार

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट ३२ जना पक्राउ

Juwa tas

देशका विभिन्न स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् ।  

कास्कीको पोखरा महानगरपालिका-११ फूलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेस्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेस्टुरेन्टमा जुवा तास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवा तास खेलिरहेको अवस्थामा  दानी समेत १९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । 

डडेलधुराको अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित दोस्ती वाइन सप (होटल)मा जुवा तास खेलिरहेको अवस्थामा सोही सपका सञ्चालक ३७ वर्षीय गंगा दत्त भट्ट सहित ६ जनालाई  शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त सपमा जुवा तास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    सम्बन्धित समाचार...