२० बैशाख २०८१, बिहीबार

नयाँ फिल्म हलमा: के घर के डेरा, नालापानी र ब्ल्याक एडम भिड्दै

today

आज शुक्रबारबाट हलमा तीनवटा फिल्म प्रदर्शनमा आएका छन्।

आजबाट नेपाली फिल्म ‘के घर के डेरा’ र ऐतिहासिक फिल्म ‘नालापानी’ रहको छन्, भने विदेशी फिल्ममा हलिउडको ‘ब्ल्याक एडम’ रहेको छ। यी तीन फिल्म प्रदर्शनमा आउँदा शो बाँडिएको छ ।

‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ आज शुक्रबारबाट नेपालभर रिलिज हुँदैछ ।

यो फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणती फिल्मको कथा हो ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपीन कार्की, वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोसिस क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकालको अभिनय छ ।

यस्तै, ‘नालापानी’ नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म हो। निर्देशक रिमेश अधिकारीले फिल्म मार्फत अहिले र आगामी पुस्तालाई पिता-पुर्खाले देशलाई कसरी कसैको बन्दक हुनबाट बचाएका थिए भन्ने सन्देश दिन्छ ।

देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को आधुनिक हातहतियार भएको अंग्रेज फौजमाथि बलबहादुर कुँवर नेतृत्वको नेपाली फौजले खुकुरी र स्थानीय हतियारको बलमा बहादुरीपूर्वक लडेको युद्धको फिल्मले कथा पेश गर्छ ।  युद्धमा नेपालको तर्फबाट कप्तान वीर बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजविरुद्ध साहसिक लडाई लडेका थिए ।

नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादुन प्रवेश गरेका थिए।

देहरादुन कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए। आधुनिक हातहतियार भएको अंग्रेज फौजमाथि बलबहादुर कुँवर नेतृत्वको नेपाली फौजले खुकुरी र स्थानीय हतियारको बलमा बहादुरीपूर्वक लडेको युद्धको यो फिल्मले कथा पेश गर्छ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण फिल्ममा राम भट्टराई र हरि उप्रेतिले रचना गरेका फिल्मको गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्मातामा मनोज शाक्य र रिमेश अधिकारी छन् ।

यस्तै, विदेशी फिल्ममा हलिउडको ‘ब्ल्याक एडम’ नेपालमा आजैबाट प्रदर्शमा आएको छ ।

द रक नामक उपनामले समेत चिनिने अभिनेता ड्वेन जोन्सन स्टारर सुपरहिरो फिल्म नेपाली दर्शककोलागि प्रतीक्षित हो । फिल्ममा ड्वेनका अलावा पियर्स ब्रोसनन पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

जेमी केलेट सेराद्वारा निर्देशित ‘ब्ल्याक एडम’मा पुनर्जीवनको झल्लो दिने फिल्ममा दर्शकले नयाँ चरित्रलाई देख्न सक्नेछन् । यो फिल्मले नेपाली हलहरुमा उच्च शो पाउनुका साथै बुकिङ पनि राम्रो गइरहेको छ ।

    सम्बन्धित समाचार...