११ बैशाख २०८१, मंगलवार

जीवनभर जनताकै पक्षमा काम गर्छु : मन्त्री पौडेल

devendra paudel
फाइल फोटो

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशययुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयहरूको घरमा केन्द्रीय प्रसारण लाइन जडान हुने बताउँदै केही समयपछि पर्यटकीय क्षेत्र ताराखोला हुने बताउनुभयो । उहाँले पोखराबाट सिधै ताराखोलामा पर्यटक आउने बताउँदै होम स्टे, शहीद मार्गलगायतका काम चाडै हुने बताउनुभयो ।

विकासमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै सबै कुरा कामले जवाफ दिने बताउनुभयो ।

परमादेशबाट नेकपा एमाले जन्मिएको आरोप लगाउनुभएको छ । ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उहाँले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोप लगाउनुभयो ।

“दुई पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपीले सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायौँ”, उहाँले भन्नुभयो, “एमाले हो कि ? सरकार हो परमादेशको ?”

बागलुङ प्रदेश सभा सदस्य “क”का उम्मेदवार जीतबहादुर शेरचनले भ्रष्टाचारले देश कङ्गाल बन्दै गएको बताउँदै गठबन्धनको सरकारले भ्रष्ट्राचार न्यूनीकरणमा काम गर्ने बताउनुभयो । मानव विकास सूचकाङ्क वृद्धिले मात्रै देशको विकास हुने बताउनुभयो ।

आय आर्जन गर्न नसक्ने कृषि कर्मले जनताको जीवनस्तर माथि नउठ्ने भन्दै आफूहरूले योजनाबद्ध रूपले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।