२० बैशाख २०८१, बिहीबार

टी–२० विश्वकप क्रिकेट : युएईले नामिबियालाई पराजित गर्दा नेदरल्यान्ड्स सुपर १२ मा

uae

अस्ट्रेलियमा जारी टी–२० विश्वकप क्रिकेटमा समूह ए को अन्तिम खेलमा युएईले नामिबियालाई पराजित गर्दा श्रीलङ्कासँगको हारका बाबजुद नेदरल्यान्ड्स सुपर १२ मा प्रवेश गरेको छ ।

निकै रोमाञ्चक खेलमा युएईले नामिबियालाई ७ रनले पराजित गर्दा नेदरल्यान्डसका लागि सुपर १२ को ढोका खुल्यो । तर, युएईले दिएको १४९ रनको लक्ष्य पछ्याउन नसक्दा नामिबियाको विश्वकपको यात्रामा पूर्णविराम लाग्यो ।

टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १४८ रन जोड्यो । युएईका लागि मुहमद वासीमले सर्वाधिक ५० रनको योगदान गरे ।

जावाफी ब्याटिङका क्रममा छिटो विकेट गुमाउँदा नामिबियाको सुरुवात राम्रो हुन सकेन । ७ विकेट गुमिसकेको अवस्थामा डेभिड विजी र रुवेन ट्रम्पेलम्यानले नामिबियाको इनिङ्स समाल्ने प्रयास गरेता पनि जितसम्म टोलीलाई डोर्‍याउन सकेनन् । विजीको ५५ रन र ट्रम्पेलम्यानको २५ रनको योगदान जितका लागि पर्याप्त हुन सकेन ।

युएईलाई नामिबियाले पराजित गरेको खण्डमा सुपर १२ पुग्ने थियो ।

आजै भएको समूह ए को पाँचौँ खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको थियो ।

समूह ए का सबै खेल सकिँदा श्रीलङ्का र नेदरल्याड्सले समान ४/४ अङ्क र युएई र नामिबियाले २/२ अङ्क जोडे । समूह ए मा बढी अङ्क बटुलेका श्रीलङ्का र नेदरल्याड्स सुपर १२ मा प्रवेश गरेका हुन् ।

    सम्बन्धित समाचार...