१४ बैशाख २०८१, शुक्रबार

जित्नैका लागि चिह्न सापटीको खेल ?

kamal thapa surya

मसिंर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ६१ राजनीतिक दल र स्वतन्त्रगरी २४ सय १२ जना उम्मेदवार चुनावी मैदानमा छन । तर केही दलका उम्मेदवार आफ्नोभन्दा अर्को दलको चुनाव चिन्हमा प्रतिष्पर्धा गर्दैछन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराईसम्मले अर्को दलको चुनाव चिन्ह रोजेका छन् ।

यसपटकको निर्वाचनका लागि केही फरक दृश्य देखिएका छन् । एउटा दलका नेतृत्व अर्को दलको चुनाव चिन्हबाट चुनावी मैदानमा होमिएका छन् । मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलका नेताले अर्को दलको चुनाव चिन्ह प्रयोग गर्दैछन् । अर्कोतिर एकल चुनाव चिन्ह लिएर मैदान उत्रिने उम्मेदवार पनि छन् ।

कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको सूर्य चिन्हबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धामा उत्रिनुभएको छ । तर, उहाँको पार्टीलाई निर्वाचन आयोगले तिर चुनाव चिन्ह दिएको । उहाँ एमालेका नेता कि राप्रपा नेपालको प्रश्न उठेको छ ।

एकनाथ ढकाल
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, उहाँ नेकपा एमालेको समानुपातिकतर्फको बन्दसूचीको १९ नम्बरमा हुनुहुन्छ । उहाँ खसआर्यको सूचीमा रघुजी पन्तपछि दोस्रो नम्बरमा हुनुहुन्छ ।

थापा र ढकालको एकल चुनाव चिन्ह अन्तर्गत होइन, उहाँहरु एमालेकै उम्मेदवारकारुपमा चुनावी मैदानमा हुनुहुन्छ । कानूनीरुपमा उहाँहरु विजयी भए एमालेको ह्वीप मान्नुपर्नेदेखि एमालेले चाहेमा संसदीय दलको विभिन्न जिम्मेवारी दिनसक्छ ।

यी बाहेक एकल चुनाव चिन्ह लिएर १२ दल चुनावी मैदानमा छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टी मंसिर ४ को निर्वाचनमा होमिएको छ ।

महिन्द्र राय यादव
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव नेकपा माओवादीको चुनाव चिन्ह गोलाकार हसिया हथौडा लिएर सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

मानुषी यमी भट्टराई
नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई पनि माओवादीको चुनाव चिन्ह गोलाकार हसिया हथौडाबाट प्रतिष्पर्धामा उत्रिनुभएको छ । उहाँ काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा सदस्यका लागि मैदानमा हुनुहुन्छ ।

एकल चुनाव चिन्हको कानूनी व्यवस्था छ ।

कानूनले के भन्छ ?
राजनीतिक दल सम्बन्धी ऐन, २०७३

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ मा एकल चुनाव चिन्ह सम्बन्धी व्यवस्था दफा ४९– एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन सक्ने उपदफा ३– सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनसक्छ । संयुक्त रुपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरु सोही संसदीय दलको सदस्य भएको मानिनेछ ।

यदि चुनाव चिन्ह जुन दलको हो वा सबैभन्दा ठूलो दलको नाममा गठन भएको संसदीय दलको ह्वीप लगाउन पाउने कानूनी व्यवस्था छ । अर्थात, यादव वा भट्टराईले माओवादी केन्द्रको निर्वाचन चिन्हबाट जिते उहाँहरुले माओवादी केन्द्रकै निर्देशन मान्नुपर्नेहुन्छ ।

सूर्य चिन्हबाट मैदानमा उत्रिएका थापा र ढकाल निर्वाचित भए एमालेकै सांसद हुन्छन् । तर उहाँहरु अर्को पार्टीको अध्यक्ष हुदाँ त्यो पार्टी के हुन्छ रु यस्तै समाजवादी पार्टीमा दुई उम्मेद्वार यादव र यमी पनि अर्को पार्टीको चुनाव चिन्ह सापटी लिएर मतदातासम्म पुगेका छन् । आफ्ना अरु नेता र कार्यकर्तालाई पार्टीको आधिकारिक निर्वाचन चिह्नमा चुनाव लड्ने तर पार्टीमा उच्च तहका नेता अर्को पार्टीको निर्वाचन चिन्ह लिएर सांसद बन्न खोज्ने प्रबृति व्यक्तिगत स्वार्थसंग जोडिएको जानकार बताउँछन् ।

अलगै दल दर्ता गरेपनि बलियो दलको छत्रछायाँमा पुग्नुले स्वार्थ जोडिन्छ । जित्नैका लागि बलियो दलको चुनाव चिन्ह प्रयोग गर्नुभन्दा सिद्धान्त र विचार मानेर दल अदलबदल गर्नुनै उपयुक्त हुने कतिपय तर्क गर्छन् ।