१६ चैत्र २०८०, शुक्रबार

४ लाखले नि:शुल्क स्वास्थ्य बीमा पाउने

arthamantri

सरकारले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई निस्शुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ ।

यो आर्थिक वर्षमा ३ लाख जनालाई निस्शुल्क स्वास्थ्य बीमा लागू गरिएकोमा नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न नागरिकलाई निस्शुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटको व्यवस्था गरेको बताए ।

हस्तकला, बिजुली मर्मत, ब्युटिसिनलगायत तालिमका लागि १ अर्ब बजेट

अर्थमन्त्री युवराज खतिवडाले बेरोजगार जनशक्तिलाई सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने बताएका छन् ।
 उनले हस्ताकला, बिजुली, प्लम्बिङ, ब्युटिसियन, कपाल कटाई लगायतका तालिम प्रदेश र स्थानीय तहबाट सञ्चालन गर्ने र त्यसका बाट ५० हजारले रोजगारी पाउने बताएका छन् । यसका लागि १ अर्ब बजेट छुट्याएको बताए ।

देशलाई दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाइने

कृषि क्रान्तितर्फ उन्मुख हुन सरकारले सिँचाइ, मल, बीउ र पुँजीको सुनिश्चितता गर्ने भएको छ। आगामी वर्ष दूध तरकारी र मासुमा आत्मनिर्भर हुन कार्यक्रम चलाइने अर्थमन्त्री युवराज खतिवडाले जनाए।

ग्रामीण उद्यम कार्यक्रम सञ्चालन हुनेछ। एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र स्थापना गरिनेछ। यसको लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। कर्णाली र गण्डकी प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला पनि स्थापना गरिनेछ।