११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड

arthamantri

सरकारले देशभित्र रोजगारीको अवसर बढाउनेगरी बजेट बनाएको छ । विपन्न परिवारलक्षित खाद्यान्न कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् ।
बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको छ । यसको लागि ११ अर्ब ६० करोड छुट्याइएको छ ।

कोरोनाका कारण रोजगारी गर्न नसक्ने अवस्थामा सिप रुपान्तरण गरी सीप विकास कार्यक्रम संघ प्रदेशमा सञ्चालन गरिने उनले बताए । सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरिएको छ ।

सरकारले कृषिमा काम र रोजगारी कार्यक्रम अघि बढाउने भएको छ। सामुदायिक, सहकारी र निजी फर्मबाट ठूलो उत्पादनमा जोड दिइने अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका छन्।

दूध, तरकारी र मासुजन्य वस्तुमा आत्मनिर्भर हुने गरी कार्यक्रम तयारी गर्ने खतिवडाले बताए। चैते धान र बसन्ते मकै प्रवर्द्धन गर्ने घोषणा खतिवडाले गरेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनालाई पुनर्संरचना गर्दै एक स्थानीय तह एक उत्पादन कार्यक्रमका रुपमा विकास गर्ने घोषणा गरिएको छ।

प्रत्येक स्थानीय तहमा एक पकेट क्षेत्र बनाउने गरी ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।