१२ बैशाख २०८१, बुधबार

टिक टक जस्तै फेसबुकको नयाँ एप्, तर टिक टक भन्दा फरक

collab

फेसबुकले प्रयोगात्मक एक नयाँ एप (Collab) बनाएको छ जसले संगीत निर्माणको लागी एक नयाँ दिशा प्रदान गर्ने बताइएको छ । हालको लागी सो एप आईओएसमा iOS मात्र उपलब्ध छ र यो चलाउन को लागी कुनै एप प्रयोगकर्ताले आमन्त्रण गर्नपर्ने हुन्छ ।

टिक टक को प्रतिद्वन्दी को रुपमा हेरिएको यो एपमा प्रयोगकर्ताले बिभिन्न भिडियो लाई मिक्स गर्दै, संगीत जोडेर वास्तविक भिडियो सँग मिलाएर नयाँ भिडियो बनाउन सक्ने छन ।

कोल्याबमा प्रयोगकर्ताले शर्ट भिडियोहरु बनाउन सक्छन र स्वाद अनुसारको संगीत भर्न पनि सक्छन । प्रयोगकर्ताले कुनै पनि गीतको भिडियो तीन भागमा बनाउन सक्छन र अन्य दुई भागका लागि आफ्ना साथीहरुलाई इन्भाइट गर्न सक्नेछन । साथी हरु को सहभागिता ले यो एपमा टिक टक को भन्दा बढी सहभागिता हुने सोचिएको छ ।

प्राय जसो फिचरहरु टिकटक संग मेलखाने यो एपमा प्रयोगकर्ताले बनाएको भिडियोलाई प्रयोग गरेर अन्य प्रयोगकर्ताले पनि भिडियो बनाउन सक्छन् ।

यसको रोमान्चक पक्ष भनेको एउटै भिडियोलाई तीन भागमा बाँडेर प्रयोगकर्ताको सहभागिता बढाउन सकिन्छ । जस्तै कि पहिलो प्रयोगकर्ताले गीत गाउन सक्छन भने दोस्रो प्रयोगकर्ताले त्यस्मा कुनै बाजा बजाउन सक्छ भने तेस्रो प्रयोगकर्ताले पनि संगीत दिनसक्छ ।