६ बैशाख २०८१, बिहीबार

राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’ को विवरण आयोगमा बुझाउनुपर्ने

facebook twitter

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।  

उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको अकाउन्टबारे जानकारी दिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  

राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगबारे जानकारी गराउनुपर्ने भएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा हुने आचारसंहिताविपरीतका कार्य गरेको पाइएको कारवाही गरिने उनले बताए । 

सामाजिक सञ्जालमार्फत प्रचार प्रसारको क्रममा हुनसक्ने मिथ्था सूचना नियन्त्रण गर्न एकाउन्टबारे जानकारी दिनुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।