१७ बैशाख २०८१, सोमबार

सेमिफाइनलमा प्रवेश गरे पुलिस र लुम्बिनी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत

1873807675311001590 512178407399603 134814089777975312 n

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट खेलको समूह ‘बी’ मा लुम्बिनी प्रदेशमाथि ९७ रनको जित निकाल्दै नेपाल पुलिस क्लब विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । पुलिससँग पराजित बाबजुद लुम्बिनीले उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको छ । 

पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएको पुलिस यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको थियो । शीर्ष स्थानको पुलिसको तीन खेलमा ६ अंक छ भने दोस्रो स्थानको लुम्बिनीको तीन खेलमा तीन अंक छ । तेस्रो स्थानको प्रदेश एकको दुई खेलमा एक अंक छ भने चौथो स्थानको कर्णालीले अंक खाता खोल्न सकेको छैन । 

शुक्रबार पोखरा क्रिकेट रंगशालामा पुलिसले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा मात्र १५ रनमा सीमित भयो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पुलिसकी ईश्वरी विष्टले चार विकेट लिइन् । यस्तै, हिरनमई रोय र कप्तान रुबिना क्षेत्रीले समान दुई तथा सबनम राईले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १२ रनको योगफल तयार पार्‍यो । पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको योगदान गरिन् । उनले २९ बलमा ७ चौका  र एक छक्का प्रहार गरिन् । यस्तै, सम्झना खड्काले २९ रन र अप्सरी वेगम १० रनको योगदान गरे । लुम्बिनीको बलिङमा सुस्मिता भुसाल र मनिसा रानाले समान दुई विकेट लिए । 

    सम्बन्धित समाचार...