८ जेष्ठ २०८१, मंगलवार

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंकाे छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ

juwa

काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित वीरगन्ज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपैयाँ र २१ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    सम्बन्धित समाचार...